दफा ११
अधिकार प्रत्यायोजन
(१) अदालत बाहेक अन्य कुनै अधिकारी वा संस्थालाई यो ऐन वा अन्य कुनै प्रचलित नेपाल कानून बमोजिम प्राप्त भइरहेको अधिकारहरूमध्ये सबै वा केही नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सम्बन्धित नगरपालिका, गाउँपालिका वा अन्य
कुनै अधिकारीले प्रयोग गर्न पाउने गरी प्रदान गर्न सक्नेछ ।
(२) ……..
(३) ………
(३क) यो ऐन वा अन्य प्रचलित कानून बमोजिम आफूलाई प्राप्त अधिकारमध्ये सबै वा केही अधिकार प्रमुख जिल्ला अधिकारी वा आफ्नो मातहतका कुनै अधिकृतलाई प्रत्यायोजन गर्न सक्नेछ र यसरी अधिकार प्रत्यायोजन गरेको सूचना गृहमन्त्रालयलाई तुरून्त दिनु पर्नेछ ।
(४) यो ऐन वा अन्य प्रचलित नेपाल कानून बमोजिम आफूलाई प्राप्त भएको अधिकारहरूमध्ये सबै वा केही अधिकारहरू प्रमुख जिल्ला अधिकारीले आफ्नो मातहतको कुनै अधिकृतलाई प्रत्यायोजन गर्न सक्नेछ र यसरी अधिकार प्रत्यायोजन गरेको सूचना मन्त्रालयलाइ तुरून्त दिनु पर्दछ ।
तर प्रमुख जिल्ला अधिकारीले मुद्दा हेर्ने अधिकार प्रत्यायोजन गर्न सक्ने छैन ।